बुटवल ।
बुटवलको मुख्य मुख्य क्षेत्रमा रात्रीकालीन होटल व्यवसाय सञ्चालन गर्नका लागि यस क्षेत्रका होटल व्यवसायीहरूले माग गरेका छन्। दिनप्रतिदिन व्यवसाय सुनसान बन्दै जान थालेपछि नयाँ सोचका साथ रात्रीकालीन व्यवसाय सञ्चालनको माग गरिएको हो।
उनले साना ठूला गरी बुटवल क्षेत्रमा करिव सात सय वटा होटल तथा रेष्टुरेन्टहरू सञ्चालनमा रहेको जानकारी दिए।
रुपन्देही जिल्लाभर १ हजार २ सय ३ वटा होटलहरू सञ्चालनमा छन्। बुटवल क्षेत्रको आर्थिक चलायमान बनाउनका लागि पनि रात्रिकालीन बजारले विशेष भूमिका खेल्ने भण्डारी सुनाउँछन्। ‘तीन दिनसम्म चलेको सडक खाना महोत्सवमा पनि यसबारेमा सरोकारवालाहरूसँग बहस, छलफल गरिएको छ’,भण्डारीले भने,‘सबै क्षेत्रबाट सकरात्मक सुझाव आएको छ। हामी केही समयभित्र यसलाई कार्यान्वयनमा लैजाने गरी अघि बढिरहेका छौँ।’








