गृहपृष्ठ कपिलवस्तु बिशेष पटना कृषि सहकारीलाई भवन बनाउन नेपाल परिवारद्धारा एक कठ्ठा जग्गा दान

पटना कृषि सहकारीलाई भवन बनाउन नेपाल परिवारद्धारा एक कठ्ठा जग्गा दान

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.१० मा अवस्थित पटना कृषि सहकारी संस्था लिमिटेडलाई नेपाल परिवारले एक कठ्ठा जग्गा दान गरेको छ । सहकारीको भवन निर्माण गर्नको लागी कोरिया चोकमा रहेको एक कठ्ठा जग्गा दान स्वरुप दिइएको रमेश नेपालले बताए । शनिबार भएको सहकारीको १६ औं साधारण सभा तथा छैठौं अधिवेशनमा नेपाल परिवारले सो जग्गाको लालपुर्जा सहकारीलाई हस्तान्तरण गरेको हो ।

सहकारीलाई आगामी दिनमा थप व्यवस्थित गर्दै समृद्धि हासिल गर्ने कार्यमा मद्दत पुगोस् भन्ने उद्देश्यका साथ जग्गा दान गरेको उनले स्पष्ट पारे । उक्त जग्गामा छट्टै भवन निर्माण गर्न आग्रह गर्दै ध्रुब नेपालले सहकारीका सम्पूर्ण कार्यक्रमसहित अन्य कार्यक्रम समेत गर्न सकिने बताए । उनले तुलनात्मक रुपमा बाणगंगाका अन्य वडामा भन्दा वडा नम्बर १० मा विकास निर्माणका काम न्युन मात्रामा भएको बताए । उनले यस वडा ओझेलमा परेको बताए ।

उनले सहकारीमा शेयर सदस्यको संख्यालाई थप विस्तार गरेर थप सुदृढ बनाउन अपिल समेत गरे ।

वडाध्यक्ष यमप्रसाद पोख्रेलले सहकारीका सदस्यलाई थप उर्जावान बनाउन सहकारी शिक्षा दिन आवश्यक रहेको बताए । सहकारीका सदस्यलाई बैंक र सहकारीबीच के भिन्नता छ भन्ने कुरामा स्पष्ट पार्नुपर्ने उनको भनाई छ । उनले सहकारी बैंक जस्तो निर्दयी नहुने बताए । बैंकबाट केही धनाढ्यहरुले फाईदा लिने गरेको उनको भनाई छ ।

उनले स्थानीय सहकारीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

सहकारीकी व्यवस्थापक पवित्रा थारुले संचालन गरेको उक्त कार्यक्रम सहकारीका अध्यक्ष रामकृष्ण चौधरीको अध्यक्षतामा सम्पन्न भएको सचिव सत्यनारायण थारुले जानकारी दिए ।

सम्बन्धित् समाचार