काठमाण्डाै ।
एएफसी एसियन कप फुटबलमा जापानले विजयी शुरुवात गरेकाे छ । कतारकाे अल थुमाना स्टेडियममा आज भएकाे खेलमा जापानले भियतनामलाई ४–२ गाेलले हरायाे ।
जापानका तकुमी मिनामिनाेले २ तथा केताे नकामुरा र एसे उदेले १/१ गाेल गरे । भियतनामका एनगुएन डिन बाक र फाम टाैन हाईले १/१ गाेल गरे । याे जितसँगै जापान २ अङ्कसहित समूह ‘डी’ काे शीर्ष स्थानमा छ ।
प्रतियाेगितामा आजै राति समूह ‘सी’ काे खेलमा राति सवा १० बजे यूएई र हङकङ तथा समूह ‘सी’ कै अर्काे खेलमा इरान र प्यालेस्टिन खेल्दैछन् ।
प्रतियोगितामा एसियाका २४ देश प्रतिस्पर्धामा छन् । २४ देशलाई ६ वटा समूहमा विभाजन गरिएको छ ।








