राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माघ १९ गते कपिलवस्तु आउने भएका छन् । देशब्यापी भ्रमणमा रहेका सभापति लामिछाने बाणगंगा नगरपालिकामा हुने आम सभालाई सम्बोधन गर्न कपिलवस्तु आउन लागेका हुन् ।
चारनम्बर जीतपुरमा अवस्थित बुद्ध रंगशालामा हुने आमसभालाई सम्बोधन गर्न सभापति लामिछाने आउन लागेका हुन् ।
सभापतिसहित शिर्ष नेता आउने भएपछि रास्वपाले तयारीलाई तीब्रता दिएको छ ।








