गृहपृष्ठ Featured नेपाल उद्योग तथा व्यवसायी महासंघ कपिलवस्तुको अध्यक्षमा रबिन्द्र पौडेल

नेपाल उद्योग तथा व्यवसायी महासंघ कपिलवस्तुको अध्यक्षमा रबिन्द्र पौडेल

वैखरी अनलाईन, बाणगंगा ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ कपिलवस्तुको अध्यक्षमा रबिन्द्र पौडेल चयन भएका छन् । विहिबार भएको प्रथम अधिवशेनबाट पौडेल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

जसको उपाध्यक्षमा कृष्ण गैरे र बिष्णु पाण्डे, सचिवमा दिपक सापकोटा, उप–सचिवमा मनु रसाईली र बालिका बुढाथोकी, कोषाध्यक्षमा धु्रब भुसाल, सह कोषाध्यक्षमा शान्ता अधिकारी सर्वसम्मत निर्वाचित हुनभएको छ भने अन्य सदस्यहरुमा निर्वाचित भएका छन् । महासंघको विधान अनुसार ४१ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्ने व्यवस्था रहेको छ ।

नवनिर्वाचित अध्यक्ष पौडेलले सर्वसम्मत अध्यक्षको जिम्मेवारी प्रदान गर्ने सवैमा धन्यवाद दिंदै संगठनलाई सुदृढ बनाए अघि बढ्ने बताएका छन् ।

सम्बन्धित् समाचार