बाणगंगा, वैखरी अनलाईन ।
दोस्रो प्रगतिनगर महोत्सव एवम कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी यहि माघ २६ गतेदेखि सुरु हुदैंछ । उक्त महोत्सव प्रगतिनगर सेवा समाज कपिलवस्तुको आयोजना र शुद्धोधन गाउँपालिकाको संरक्षणमा हुन लागेको हो ।
महोत्सव फागुन ७ गते सम्म चल्ने आयोजक संस्था प्रगतिनगर सेवा समाज कपिलवस्तुका अध्यक्ष समिर अर्यालले जानकारी दिए । उनले स्थानीय उत्पादन प्रवर्धनका साथै उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने लक्ष्यका साथ महोत्सव हुन लागेको बताए । महोत्सवमा औद्योगिक एवं हस्तकलाका उत्पादन, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनको प्रवर्धन तथा बजारीकरणमा सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे ।
उनले व्यवसाय र पर्यटन क्षेत्रको प्रचारप्रसारमा सघाउ पुग्ने बताए ।
महोत्सवमा राष्ट्रिय कलाकार सहित स्थानिय कलाकारहरुको प्रस्तुति रहने छ ।








