गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगामा बलेरो दुर्घटना हुँदा चालकको मृत्यु

कपिलवस्तुको बाणगंगामा बलेरो दुर्घटना हुँदा चालकको मृत्यु

बाणगंगा ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- ७ मोतिपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु।२ च ७३८७ नम्बरको
बलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा चालक गजेहडाका ४५ वर्षीय रूदनाथ रौताहारको मृत्यु भएको पिपरा प्रहरी प्रमुख गोपाल रायमाझीले जानकारी दिएको छ ।

आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका चालक रौतारको लुम्बिनी प्रादेशिक अस्पताल बुटवमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित् समाचार