काठमाण्डौ ।
साविक विजेता तथा एसियन कप फुटबलको आयोजक कतार सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा गोलरक्षक मिशाल बार्शामले पेनाल्टी सुटआउटमा ३ वटा बचाउ गरेपछि उज्वेकिस्तानलाई ३–२ ले हराउँदै कतार अन्तिम चारमा पुगेको हो ।
निर्धारित समय र अतिरिक्त समय १/१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । कतारले अब फाइनल पुग्न इरानसँग खेल्नेछ । इरानले हिजो भएको खेलमा जापानलाई २–१ गोलले हरायो । अर्को सेमिफाइनलमा जोर्डन र दक्षिण कोरिया खेल्नेछन् ।








