बाणगंगा ।
कपिलवस्तु उद्योग बाणिज्य संघको १६ औं साधारण सभा तथा आठौँ अधिवेशन भोलि मंगलबार हुदैं छ । उक्त कार्यक्रमको उद्घाटन गर्न अर्थमन्त्री डा. प्रकाश शरण महत आउने भएका छन् । संघको कार्यलय चारनम्बरमा मंगलबार विहान ११ बजेबाट कार्यक्रम सुरु हुने संघका महासचिव मनोज पौडेल जानकारी दिए ।
उनले साधारण सभामा पहिलो पटक उच्च पदस्थ ब्यक्ति आउने भएकाले उद्योगी, ब्यवसायी लगायत सबैलाई उपस्थित हुन सार्वजािक रुपमै आह्वान समेत गरेका छन् ।
संघका अध्यक्ष डोलकराम घिमिरेले आफ्नो कार्यकाल सफल बनाउन भूमिका निर्वाह गर्ने सम्पुर्णलाई धन्यबाद दिँदै कार्यक्रममा उपस्थितिका लागी आग्रह गरेका छन्।
साधारण सभामा बार्षिक, आर्थिक र प्रगति, लेखा प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको उनले बताए । उद्घाटन सत्र सकिएपछि आगामी नेतृत्वको लागि निर्वाचन प्रकृया सुरु हुने अध्यक्ष घिमिरेले बताए ।

यसैबीच कपिलवस्तु उद्योग बाणिज्य संघको उक्त कार्यक्रमको लागी स्टेज निर्माणको काम करिब सम्पुर्ण तयारी पुरा भएको युवा व्यवसायी ईन्द्र पाख्रेलले बताए ।








