गृहपृष्ठ Featured साधारण सभा तथा अधिवेशनलाई भब्य बनाउन सबैलाई चुले निम्तो छ : महासचिव पौडेल

साधारण सभा तथा अधिवेशनलाई भब्य बनाउन सबैलाई चुले निम्तो छ : महासचिव पौडेल

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु उद्योग बाणिज्य संघको १६ औं साधारण सभा तथा आठौँ अधिवेशन भोलि मंगलबार हुदैं छ । उक्त कार्यक्रमको उद्घाटन गर्न अर्थमन्त्री डा। प्रकाश शरण महत आउने भएका छन् । संघको कार्यलय चारनम्बरमा मंगलबार विहान ११ बजेबाट कार्यक्रम सुरु हुने संघका महासचिव मनोज पौडेल जानकारी दिए ।

उनले साधारण सभामा पहिलो पटक उच्च पदस्थ ब्यक्ति आउने भएकाले उद्योगी, ब्यवसायी लगायत सबैलाई उपस्थित हुन सार्वजािक रुपमै आह्वान समेत गरेका छन् ।

उनले कार्यक्रमलाई सम्भ र भव्य रुपमा सफल बनाउन सबैलाई चुले निम्तो समेत दिएका छन् ।

उनले साधारण सभामा बार्षिक, आर्थिक र प्रगति, लेखा प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको बताए ।

सम्बन्धित् समाचार