गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुको बुद्धभूमिमा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तुको बुद्धभूमिमा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिति:

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ ईमिलियामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

लु ४ त ५१११ नम्बरको ट्याक्टरले लु ५५ प ८६८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिवराज नगरपालिका–१ भलुही बस्ने १७ वर्षीय ईश्वर थारूको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य एक जनाको बुद्ध पोलिक्लिनिक गोरुसिंगेमा उपचार भईरहेको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार