गृहपृष्ठ कपिलवस्तु बिशेष हेमराज मावि हथौसाले जित्यो लगातार छैठौं पटक राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि

हेमराज मावि हथौसाले जित्यो लगातार छैठौं पटक राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा भएको नगरस्तरिय छैठौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि हेमराज मावि हथौसाले हात पारेको छ । उक्त उपाधि हेमराज माविले लगातार छैठौं पटक जितेको हो ।

हेमराजले १६ स्वर्ण, ५ रजत र ५ कास्यसहित उपाधि हात पारेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले वैखरीलाई जानकारी दिए । उपाधि हात पार्ने हेमराज माविले नगद ५० हजारसहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको उनले जानकारी दिए ।

राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि लगातार छैठौं पटक जितेर हेमराम मावि हथौसाले ईतिहास रचेको उनले बताए ।

यस्तै बाणगंगा मावि गजेहडा ९ स्वर्ण, ४ रजत र ९ कास्यसहित द्धितीय भएको उनले बताए । उपविजेता बनेको बाणगंगा माविले ट्रफीसहित नगर २५ हजार समेत प्राप्त गरेको उनले जानकारी दिए ।

उनले जनता मावि पिपरा ४ स्वर्ण, ९ रजत र ८ कास्यसहित तीतृय भएको बताए ।

विजेता विद्यालयका विद्यार्थीहरुलाई नगरप्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, वडा नं.७ का वडाध्यक्ष विष्णु गिरी, सुचना अधिकारी केशवराज भट्टराई लगायतले शिल्ड मेडल र प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

नगरप्रमुख अर्यालले यस्ता प्रतियोगिताको माध्यमबाट खेलाडीहरुको खेल सिपमा थप निखारता आउने बताए । उनले खेलबाट वडा, नगर हुदैं प्रदेश र राष्ट्रलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा चिनाउँन सकिने बताए ।

उनले खेलकुद क्षेत्रलाई नगरले प्राथमिकताका साथ हेरेको बताए ।


यही माघ २३ गतेदेखि नगरपालिकाको आयोजनामा सुरु भएको उक्त प्रतियोगिता विहिबार सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार