वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु उद्योग बाणिज्य संघको अध्यक्षमा गणेश बहादुर क्षेत्री विजयी भएका छन् । क्षेत्री निकट्म प्रतिद्धन्द्धी मोहन न्यौपानेलाई हराउँदै विजयी भएका हुन् ।
विजयी क्षेत्रीले ९१२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धीहरु मोहन न्यौपानेले ८५१ र लक्ष्मण कँडेलले १७० मत प्राप्त गरे ।
यस्तै वरिष्ठ उपाध्यक्षमा हुमनाथ पौडेल, वाणिज्य उपाध्यक्षमा नारायण पौडेल, महासचिवमा नवदत्त घिमिरे, सचिवमा दामोदर पंन्थी, कोषाध्यक्षमा धिरज खनाल, सहकोषाध्यक्षमा कृष्णप्रसाद गैरे विजयी भएका छन् ।









