कपिलवस्तुको शिवराज नगरपालिका- १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । विहिबार राती करिब १ बजे महेन्द्रनगरबाट छुटेको काठमाडौ सुनौलो महाकाली यातायात दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
सुनौलो महाकाली यातायातले संचालन गरेको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो ।
दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ ।
अन्य घाईतेहरुको सन्जिवनी चन्द्रौटा र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए । मृतकको विवरण खुल्न भने बाँकी छ ।








