गृहपृष्ठ Featured कपिलवस्तुमा ११ दिनको फरकमा देखिए ३ पाटेबाघ

कपिलवस्तुमा ११ दिनको फरकमा देखिए ३ पाटेबाघ

कपिलवस्तु ।

कपिलवस्तुमा तीनवटा पाटेबाघ देखिएका छन् । एकैपटक धेरै संख्यामा देखिएको यो पहिलो पटक हो । ११ दिनको फरकमा ३ वटा बाघ देखिएका हुन् । दुई वटा वयस्क भाले र एउटा लिंग पहिचान हुन नसेको बाघ देखिएको हो ।

चार वटा देखिए पनि तीन-वटा फरक रहेको पुष्टि भएको छ । एउटाका विषयमा अनुसन्धान भइरहेको छ ।

सबैभन्दा पहिला जिल्लाको विजयनगर गाउँपालिका–१, गोबरहवा आसपास वन क्षेत्रमा एउटा वयस्क पाटेबाघ क्यामरा ट्र्यापमा परेको थियो । उक्त बाघ पुस १४ गते बिहान ५ बजेर १६ मिनेटमा क्यामरामा कैद भएको हो ।

त्यस्तै ४ दिनपछि नै विजयनगरमा अर्को वयस्क बाघ क्यामरा ट्र्यापमा परेको थियो ।

उक्त बाघको पुस १९ गते राति ११ बजे २३ मिनेटमा स्वचालित क्यामराले तस्बिर लिएको थियो । तर, यो एउटै हो वा फरक हो, त्यसको कम्प्युटर एनालाइसिस गरेर छुट्याउने काम भइरहेको डिभिजन वन कार्यालय गौतमबुद्धको डिभिजनल प्रमुख बेसिन्द्रराज सुवेदीले बताए ।

त्यस्तै अर्को दुईवटा बाघ भने बुद्धभूमि नगरपालिकाको गब्दहवा आसपासका चुरे वनमा देखिएको छ । एउटा पुस २३ गते राति ९ बजेर ४४ मिनेटमा र अर्को पुस २४ गते बिहान ६ बजेर २८ मिनेटमा क्यामरा ट्र्यापमा परेको थियो ।

सम्बन्धित् समाचार