गृहपृष्ठ Featured २ दिनदेखि बाणगंगाबाट बेपत्ता भएका शिक्षक आचार्य मृत अवस्थामा फेला

२ दिनदेखि बाणगंगाबाट बेपत्ता भएका शिक्षक आचार्य मृत अवस्थामा फेला

कपिलवस्तु ।

जिल्लाको बाणगङ्गा नगरपालिका- ११ ओदारीबाट दुई दिन अघि बेपत्ता भएका शिक्षक विमलराज आचार्य मृत फेला भेटिएका छन् । आचार्य दाङको गढवा गाउँपालिका- २ मा बेवारिसे अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

आचार्यले बाणगंगाको ओदारी माविमा अध्यापन गराउदै आएका थिए । प्रहरीका अनुसार शिक्षक आचार्यको मोटरसाइकल बाटोको छेउमै पार्किङ गरेको अवस्थामा विहीबार देखिनै रहेको थियो ।

दुई दिनसम्म बाटो छेउमै मोटरसाइकल देखेपछि प्रहरीले खोजतलास गर्दा उनको शव भेटिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविना वलीले जानकारी दिइन ।

सम्बन्धित् समाचार