गृहपृष्ठ Featured कपिलवस्तुमा ४ वर्षीया बालिका बलात्कृत

कपिलवस्तुमा ४ वर्षीया बालिका बलात्कृत

कपिलवस्तु ।

कपिलवस्तु नगरपालिका- ९ मा एक ४ वर्षीया बालिका बलात्कृत भएकी छिन्।

शुक्रबार साँझ ६ बजेतिर याे घटना भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। उनलाई छिमेककै १४ वर्षीय बालकले बलात्कार गरेका हुन्।

घटनाबारे जानकारी गराएपछि प्रहरीले घटनामा संलग्न बालकलाई नियन्त्रणमा लिएको छ।

 

इलाका प्रहरी कार्यालय पिपराका निरीक्षक गोपाल रायमाझीले ओरोपी बालक नाबालक रहेकाले उनको नाम सार्वजनिक गर्न नमिल्ने बताए।

पीडित बालिकाको बुटवल प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा पोजेटिभ देखिएको पीडित बालिकाका अभिभावकले बताए।

घटनामा संलग्न बालकविरुद्ध अभिभावकले शनिबार किटानी जाहेरी दिएका छन्।

सम्बन्धित् समाचार