गृहपृष्ठ खबर ७४ औ प्रजातन्त्र दिवस : कपिलवस्तुमा हाजिरी जवाफ प्रतियोगीता

७४ औ प्रजातन्त्र दिवस : कपिलवस्तुमा हाजिरी जवाफ प्रतियोगीता

प्रकाशित मिति:

कपिलवस्तु ।

७४ औ प्रजातन्त्र दिवसका अवसरमा कपिलवस्तुको तौलिहवामा नगरस्तरीय आधाभुत बिद्यालय तहको हाजिरी जवाफ प्रतियोगीता सम्पन्न गरिएको छ ।

कपिलवस्तु नगरपालिकाको सहयोगमा सृजनशील नारी साहित्य समाज कपिलवस्तुको आयोजना प्रतियोगीता गरिएको हो । प्रतियोगीतामा सनशाइन बोर्डिङ स्कुलका शिवम चौधरी र परी अग्रहरीको टोली प्रथम भए । यस्तै द्वितीय बुद्ध ज्योति बोर्डिङ स्कूलका कमला भण्डारी र हमदान यासिन भए ।

तृतीय रत्न राज्य लक्ष्मी माविका रामकृपाल यादव र रीमा बेल्दार भए । सान्त्वना सिद्धार्थ विद्या मन्दिर का प्रमिश आचार्य र कृबिशा बज्राचार्य भए । बिजयी टोलीलाई पुस्कृत गरिएको थियो ।

कार्यक्रम समाजकी अध्यक्ष सकुन्ता पौडेलको अध्यक्षता, गीता खनालको संचालन अंशु पौडेलको स्वागत मन्तब्यमा गरिएको थियो ।

कार्यक्रममा साहित्यकार पशुपतिमणि त्रिपाठी, नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित् समाचार