गृहपृष्ठ Featured थर्ड आई ग्रुप चारनम्बरलाई पेनाल्टी सुटआउटमा हराउँदै लभ नेपाल पिपराले जित्यो उपाधि

थर्ड आई ग्रुप चारनम्बरलाई पेनाल्टी सुटआउटमा हराउँदै लभ नेपाल पिपराले जित्यो उपाधि

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- १ मा अवस्थित बुद्धरंशालामा भएको प्रथम जिल्ला स्तरिय ‘सेभेन ए साईड’ नकआउट फुटवल प्रतियोगिताको उपाधि लभ नेपाल पिपरा ‘ए’ ले जितेको छ ।

आयोजक समेत रहेको थर्ड आई ग्रुप चारनम्बर ‘ए’ लाई पराजित गर्दै पिपराले उपाधि जितेको हो । निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले थर्ड आई ग्रुप चारनम्बर ‘ए’ लाई पराजित गर्दै पिपराले प्रतियोगिताको उपाधि हात पारेको हो ।

 

उपाधि हात पारेसंगै उक्त टोलीले नगद रु. ३० हजारसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गरेको छ ।

यस्तै उपविजेता बनेको थर्ड आई ग्रुप चारनम्बर ‘ए’ ले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गरेको छ ।

विजेता टोलीलाई बाणगंगा नगरपालिका वडा नं.१ का वडाध्यक्ष सन्जुकुमार सारु, नेपाल लोकतान्त्रिक खेलकुद संघ कपिलवस्तुका अध्यक्ष पदम प्रताव सेन, लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरे, युवा व्यवसायी चन्द्रकान्त पोख्रेल लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

सोमबार भएको पहिलो सेमिफाईनल खेलमा थर्ड आई ग्रुप चारनम्बर ‘ए’ लभ नेपाल पिपरा ‘बी’ लाई ३–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो भने लभ नेपाल पिपरा ‘ए’ शान्ति दीप युवा क्लवलाई दोस्रो सेमिफाईनल खेलमा २–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो ।

थर्ड आई ग्रुप चारनम्बरले आयोजना गरेको उक्त प्रतियोगिता फागुन १ गतेदेखि सुरु भएको थियो । खेल संयोजक रोशन सेन ठकुरीले यस बर्ष भव्यताका साथ प्रतियोगिता सम्पन्न भएको बताउँदै आगामी बर्ष पनि प्रतियोगितालाई निरन्तरता दिने बताए । उनले प्रतियोगितालाई सभ्य र भब्य बनाउन भूमिका निर्वाह गर्नुहुने सम्पुर्णलाई धन्यवाद समेत दिएका छन् ।

सम्बन्धित् समाचार