वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- १ मा अवस्थित बुद्धरंशालामा विहिबारदेखि चौथो कपिलवस्तु जिल्ला डोरीतान प्रतियोगिता हुने भएको छ । खेल फागुन १० अर्थात भोलि विहिबार र शुक्रबार हुने छ ।
उक्त प्रतियोगिता कपिलवस्तु जिल्ला डोरीतान संघले गर्न लागेको हो । कपिलवस्तु जिल्लाका १० वटै पालिकाबाट महिला ५०० किलो तौल समूह, पुरुष ६०० किलो तौल समूह र बाणगंगा नगर अन्तर मावि प्रतियोगिता हुने संघका जिल्ला अध्यक्ष खोम बहादुर थापाले जानकारी दिए ।
उनले उक्त प्रतियोगिताका लागी आवश्यक सम्पुर्ण तयारी पुरा भएको समेत बताए । खेल विहिबार ९ बजेदेखि सुरु हुने उनले बताए ।








