कपिलवस्तु ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालमार्फत प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड लाई ४० बुँदे ज्ञापनपत्र बुझाएको छ । राप्रपाले उक्त ज्ञापनपत्रमार्फत हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पुर्नस्थापना लगायतको माग राखेको केन्द्रित सदस्य ध्रुब रायमाझीले बताए ।

संघियता खारेजी, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, निःशुल्क गुणस्तरिय शिक्षा र स्वास्थ्यको सुनिश्चितता, २०४६ साल पछिका उच्चपदस्थ सम्पुर्ण राजनैतिक नेता, कर्मचारीको र परिवारको सम्पतिको छानबिन, बैक तथा बित्तिय संस्थाहरुले एकल अंकमा ब्याजदर कार्यम गर्नु पर्ने, सुकुम्बासीको समस्या समाधान बिदेशमा रहेका नेपालिहरुलाई सर्बोच्च अदालतको निर्देशनात्मक आदेश बमोजिम आगामी निर्बाचनमा मतदानको ग्यारेन्टि गर्नुपर्ने लगायतका मागहरु उक्त ज्ञापनपत्रमा रहेको उनले बताए । ज्ञापनपत्र पेश गर्नुअघि जिल्लाका बाणगंगा, शिवराज, शुद्धोधन र कपिलवस्तु नगरपालिकाबाट आएको जुलुसले नगर परिक्रमा गरेको थियो । उक्त ज्ञापनपत्र हस्तान्तरणपछि जिल्ला प्रशासन अगाडि कोण सभा गरिएको थियो ।
उक्त कोणसभामा केन्द्रिय सदस्य ध्रुब रायमाझी, प्रदेश सदस्य कनिजा रगरेज, फतेमा देवेन्द्र श्रीवास्तव, जिल्ला उपाध्यक्ष चन्द्र भन्डारी लगायतले सम्बोधन गरेका थिए ।
राप्रपाका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षता र सचिव प्रेम शंकर सुक्लाको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा केन्दिय सदस्य तथा शिवराज नगर प्रमुख अजय थापा, प्रमोद मिश्र, लुम्बिनि प्रदेश कोषाध्यक्ष कृष्ण पौडेल, दिपक रजौरिया, जिल्ला उपाध्यक्ष ईदिर्स मुसलमान, सतृगन चौधरी, जनजाति बिभाग केन्द्रिय सदस्य सुर्य गुरुङ, संगठन प्रमुख राजेन्द्र विक्रम शाह, रामु शर्मा, नगर कार्यसमिति अध्यक्ष लगायत कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।












