रुपन्देही ।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपाल प्रथम भएको छ । अस्पताल ८८ अंकसहित पहिलो भएको हो ।
अघिल्लो वर्ष ८० अङ्क पाइ पहिलो भएकोमा यस वर्ष थप अंक प्राप्त गरेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सुदर्शन थापाले जानकारी दिए । अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउन नतिजाले प्रोत्साहन बढाएको मेसु थापाको भनाइ छ ।
मूल्याङ्कन समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौं, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय दाङ र निक सिमोन्स इनिस्टिच्यूट काठमाडौं रहेको थियो ।
लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी पश्चिमसहित प्युठान, स्याङ्जा, रुकुम, रोल्पालगायतका जिल्लाबाट उपचारका लागि बिरामीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा आउने गर्छन् ।