रुपन्देही ।
बुटवलको नविन ओैद्योगिक विद्यालयमा कक्षा ११ मा पढ्ने एक विद्यार्थी स्कुल ड्रेसमै पौडिन गएको बेला डुबेर मृत्यु भएको छ ।
बुटवल छेउँमै रहेको देवदह नगरपालिका वडा नं १० चरंगेमा रहेको त्रिसुली खोलामा बिहीबार डुवेर ती विद्यार्थीको मृत्यु भएको हो ।
सँगै पढ्ने साथीहरू संग घुम्न गएका पाल्पाका १७ वर्षीय सिलव रायमाझीको डुवेर मृत्यु भएको प्रहरी जनाएको छ। उनी तिलोत्तमा नगरपालिका जानकीनगरमा बसेर बुटवलमा अध्ययन गर्दै आएका थिए । सिलवसहित ६ जना साथीहरू बिहीबार दिउसो मिलेर चरंगे घुम्न गएका र पौडी खेल्दा यस्तो भएको सँगै गएका साथीहरुले बताएका छन् ।








