गृहपृष्ठ Featured सिद्धार्थ राजमार्ग : सुरुङमार्ग निर्माण जारी, रातको समयमा अझै ५० दिन बन्द हुने

सिद्धार्थ राजमार्ग : सुरुङमार्ग निर्माण जारी, रातको समयमा अझै ५० दिन बन्द हुने

प्रकाशित मिति:

काठमाडौं ।

सिद्धार्थ राजमार्गमा निर्माणाधिन सुरुङमार्ग निर्माण जारी रहँदा रातको समयमा राजमार्ग बन्द हुने समय लम्बिएको छ । सिद्धबाबा सुरुङमार्ग योजना बुटवलले एक सूचना जारी गर्दै थप ५० दिन रातको समयमा राजमार्ग बन्द रहने जानकारी गराएको हो ।

यसअघि १६ पुसदेखि राजमार्ग राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको छ । यसलाई दोस्रो चरणमा विस्तार गरी २७ चैतसम्म पुर्‍याइएको आयोजनाले जनाएको छ ।

पहिलो चरणमा ७ फागुनसम्म राजमार्ग बन्द रहने गरी निर्णय गरिएको थियो । माघे संक्रान्ति पर्वलाई लक्षित गरी दुई दिन राजमार्ग २४ सै घण्टा खुला गरिएको थियो ।

सुरुङमार्गको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक/दुई तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो हुने भएपछि आयोजनाले प्रशासनको सहयोगमा रागमार्ग बन्द गरी काम भइरहेको छ ।

यसबीचमा एम्बुलेन्ससहितका अत्यावश्यक क्षेत्रका सवारी साधन भने रोकिने छैनन् ।

सम्बन्धित् समाचार