गृहपृष्ठ Featured सिद्धबाबा सुरुङमार्ग : १९.७ मिटर खनियो

सिद्धबाबा सुरुङमार्ग : १९.७ मिटर खनियो

काठमाडौं ।

सिद्धार्थ राजमार्गमा निर्माणाधिन सिद्धबाबा सुरुङमार्गले गति लिएको छ ।

आयोजनाका अनुसार यस आयोजनाको मुख्य सुरुङमार्ग उत्खननको कामको प्रगति साउथ पोर्टलतर्फ १९.७ मिटर भइसकेको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत सर्वाधिक पहिरोग्रस्त क्षेत्र सिद्धबाबामा सुरुङ खन्ने काम ४ माघदेखि औपचारिक रुपमा सुरु भएको हो ।

पछिल्लो अपडेट अनुसार सुरुङमार्गतर्फ बाइपास टनेल प्रथम ५.८ मिटर, बाइपास दोस्रो ७ मिटर र बाइपास टनेल तेस्रोको ४ मिटर उत्खनन भइसकेको छ । स्लोप कटिङ र प्रोटेक्सनतर्फ १८८ मिटर बराबरको काम भएको छ ।

सम्बन्धित् समाचार