गृहपृष्ठ Featured मध्यगाजापट्टीमा इजरायली हवाई आक्रमण : कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु

मध्यगाजापट्टीमा इजरायली हवाई आक्रमण : कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु

प्रकाशित मिति:

मध्यगाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु र एक सयजना घाइते भएको गाजामा हमासद्वारा सञ्चालित सरकारको मिडिया कार्यालयले जनाएको छ।

प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजरायली विमानहरूले दिर अल–बाला सहरमा धेरै आवासीय घरमा हमला गर्दा घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पीडितहरूको शवलाई अल–अक्सा सहिद अस्पतालमा सारिएको बताएको छ।

सुरक्षा स्रोतहरूले इजराइली आक्रमणमा छिमेकमा गम्भीर क्षति पुर्‍याएपछि मानिसलाई बचाउन एम्बुलेन्स र नागरिक सुरक्षा टोली आक्रमण भएको स्थानमा पुगेको बताएका छन्।

चिकित्सा स्रोतहरूका अनुसार अल–अक्सा सहिद अस्पताल अहिले हजारौँ घाइते, बिरामी र विस्थापित मानिसले भरिएको छ।

सम्बन्धित् समाचार