गृहपृष्ठ Featured उदयपुरमा मोटरसाइकल दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती घाइते

उदयपुरमा मोटरसाइकल दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती घाइते

प्रकाशित मिति:

उदयपुर

उदयपुरको त्रियुगा नगरपालिका- ८ झोडामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मदन भण्डारी स्मृती लोकमार्गको नेपालटारबाट सदरमुकाम  गाईघाटतर्फ आउँदै गरेको को.२८.प.७०८६ नम्बरको मोटरसाकलले सोही दिशातर्फ जाँदै गरको प्र.१-०५-०१ क. ००३५ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीका अनुसार दुर्घटनाबाट घाइते भएका मोटरसाइकल चालक उदयुरगढी गाउँपालिका ६ नेपालटारका ३४ वर्षीय रत्नकुमार तामाङको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी तामाङकी श्रीमतीको जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए । उनको अनुहार र दाहिने हातमा चोट लागेको छ ।

डीएसपी चौधरीका अनुसार ट्रक चालक त्रियुगा नगरपालिका- ११ का ४० वर्षीय बिनोदकुमार चौधरीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ।

सम्बन्धित् समाचार