कपिलवस्तु ।
नगरलाई नै फुसको छानोमुक्त बनाउने अभियान अन्र्गत कपिलवस्तु नगरपालिका- २ ले ५२ बिपन्न परिवारलाई रगीन जस्ता-पाता वितरण गरेको छ । वडा भित्र रहेको बिपन्न परिवारको पहिचान गरी उनीहरुलाई जस्तापाता बितरण गरिएको हो ।
वडाध्यक्ष अशोक कुमार गुप्ताले वडा कार्यालयमा बिपन्न परिवारलाई जस्तापाता हस्तान्तरण गरेका थिए ।
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले नगरलाई फुसको छानोमुक्त बनाउन १२ वटै वडामा बिपन्न परिवारलाई जस्तापाता बितरण अभियान जारी रहेको बताए ।








