गृहपृष्ठ Featured मगर दिवसका अवसरमा भोलि बाणगंगाका विद्यालयमा विदा

मगर दिवसका अवसरमा भोलि बाणगंगाका विद्यालयमा विदा

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले फागुन १५ गते मगर दिवसको दिन स्थानीय विदा दिएको छ ।

आईतबार नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले एक सुचना जारी गर्दै स्थानीय विदाबारे जानकारी दिएका हुन् । सो दिन नगरपालिकाका सम्पूर्ण शैक्षिक संस्था बन्द हुने उक्त सुचनामा उल्लेख छ ।

बाणगंगा नगरपालिकाभित्रका विद्यलायमा अध्ययन गर्ने बालबालिका मगर समुदायका रहेकाले मगर दिवसका अवसरमा विदा दिएको उनको भनाई छ । उनले सामुदायिक सहिष्णुता जोगाउन बाहुल्यता रहेका समुदायको खुसीका लागि बिदा दिएको बताए ।

यसले सिंगो पालिकाले हरेक नागरिकको पर्वलाई सम्मान गर्ने गरेको छ भन्ने जनभाव व्यक्त हुने उनले तर्क गरे ।

नगरपालिकामा रहेका मगर समुदायले सामाजिक संस्कार जोगाइराख्न दिवसको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत गर्ने भएकाले यसले आम स्थानीय बासिन्दामा रौनक थप्ने उनको विश्वास छ ।

सम्बन्धित् समाचार