गृहपृष्ठ Featured अब लुम्बिनीमा गाडीको यान्त्रिक परीक्षण र चालकलाई ड्रेस अनिवार्य !

अब लुम्बिनीमा गाडीको यान्त्रिक परीक्षण र चालकलाई ड्रेस अनिवार्य !

प्रकाशित मिति:

देउखुरी । 

लुम्बिनीबाट सञ्चालन भएका सार्वजनिक सवारीले गन्तव्यतर्फ हिड्नुअघि नै यान्त्रिक परीक्षण अनिवार्य गर्नुपर्ने भएको छ । लुम्बिनीको उद्योग तथा यातायात मन्त्रालयले सोमबार देउखुरीमा आयोजना गरेको सवारी दुर्घटना न्यूनीकरण र यातायात सुरक्षाको विषयमा भएको बैठकले यान्त्रिक गडबडीका कारण हुने दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायीले सवारी सञ्चालन गर्नुअघि यान्त्रिक परीक्षण अनिवार्य गर्नुपर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेशभित्र पछिल्लो समय दुर्घटना धेरै भएपछि यसको न्यूनीकरणको लागि यातायात मन्त्रालयले अन्तरक्रिया गरेको हो ।

सिटमा आरक्षण व्यवस्था पूर्ण रुपमा लागु गर्ने, चालक र सह-चालकको स्वास्थ्य परीक्षण, न्युनतम पारिश्रमिक पोशाकको व्यवस्था अनिवार्य गुर्नपर्ने निर्णय भएको यातायात मन्त्री सरोज थापाले बताए । यातायात क्षेत्रमा आबद्ध श्रमिकको जीवनलाई मर्यादित बनाउन सामाजिक सुरक्षामा आवद्ध गर्ने व्यवस्था गरिने उनले बताए ।

राजमार्गको सडकमा सिसिटिभी, ऐना जडान गर्ने निर्णय गरेको छ । चालकले मादक पदार्थ तथा लागुपदार्थ सेवा गरे नगरेको थाहा पाउने मेसिन उपलब्ध गराउन आगामी वर्ष बजेट छुट्याउने भएको छ ।

बैठकले सवारी साधनमा नयाँ प्राविधिक जिपिएस सिष्टम लगायतका प्राविधि जडान गर्ने, इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । लामो दुरीमा दुई वटा सवारीचालक अनिर्वाय रुपमा रहने व्यवस्था अनिवार्य गराउनुपर्ने भएको छ ।

सम्बन्धित् समाचार