गृहपृष्ठ Featured पाल्पामा यस वर्ष सुन्तला बिक्रीबाट ४६ करोड ७२ लाखको कारोबार

पाल्पामा यस वर्ष सुन्तला बिक्रीबाट ४६ करोड ७२ लाखको कारोबार

पाल्पा ।

जिल्लामा यस वर्ष सुन्तला बिक्रीबाट ४६ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।

यसवर्ष उत्पादन घटे पनि मूल्य बढी पाएकाले कारोबार बढेको छ । गत वर्ष ४३ करोड ३५ लाखको सुन्तलाको कारोबार भएको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त कार्यालय प्रमुख तथा कृषि प्रसार अधिकृत सन्तोष कुमार चौधरीले जानकारी दिए ।

‘यसवर्ष सुन्तला उत्पादन कम भए पनि बजार भाउ राम्रो पाउँदा कारोबार बढेको छ,’ उनले भने, ‘अघिल्लो वर्षको तुलनामा पातलो फलेको थियो तर भाउ भने पाउन सफल भयो ।’ जिल्लामा गत वर्ष नौ हजार ३१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष भने ८ हजार ८ सय ६१ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

किसानले गत वर्ष सरदरमा प्रतिकिलो ४० देखि ४६ रुपैयाँ मुल्य पाएका थिए । यसवर्ष भने ५५ देखि ६० रुपैयाँको अनुपातमा सुन्तला बिक्री गरेको ज्ञान केन्द्रले जनाएको छ ।

सम्बन्धित् समाचार