गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा अहिलेसम्मकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता हुदैं : विजेतालाई ११ लाख

कपिलवस्तुमा अहिलेसम्मकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता हुदैं : विजेतालाई ११ लाख

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुमा प्रथम कपिलवस्तु तिलौराकोट गोल्ड कप खुल्ला नकआउट राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको हो ।

बाणगंगा नगरपालिकाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशाला हुन लागेको उक्त प्रतियोगिता चैत्र ६ गतेदेखि १४ गतेसम्म हुने संघका अध्यक्ष तिलक थापाले वैखरीलाई जानकारी दिए । उनले प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने बताए ।

कपिलवस्तुमा अहिलेसम्म आयोजना भएका विभिन्न प्रतियोगिताहरुमध्ये यस प्रतियोगिता सबैभन्दा ठूलो धनराशीको प्रतियोगिता हो । कपिलवस्तुकै ऐतिहासमा पहिलो पटक यति धेरै धनराशीको प्रतियोगिता हुनु समग्र कपिलवस्तुवासीलाई गौरबको विषय भएको उनले बताए ।

यसैबीच मंगलबार लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य विष्णु पन्थीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको अध्यक्ष थापाले बताए ।

सम्बन्धित् समाचार