गृहपृष्ठ Featured ‘मिटरब्याजी पीडितका माग सम्बोधन गर्न सरकारसँग आग्रह’

‘मिटरब्याजी पीडितका माग सम्बोधन गर्न सरकारसँग आग्रह’

काठमाडौँ ।

राष्ट्रिय सभा सदस्य विमला घिमिरेले मिटरब्याजी पीडितहरूका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छिन् ।

बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै  घिमिरेले काठमाडौंमा आन्दोलन गर्दै आइरहेका मिटरब्याजपीडितहरू सरकारले कुनै कुरा नसुनेपछि १४ गते संसद् भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भएको अवस्थालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताइन् ।

उनले प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न सरकारसँग आग्रह गरिन् । ‘धेरै दिनदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेका मिटरब्याज पीडितहरू आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनिसकेपछि यही १४ गते संसद भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भए । छिर्नु आफैंमा संवेदनशील कुरा हो भने अर्को संवेदनशील विषय उनीहरूलाई पक्राउ गरेर अहिलेसम्म छोडिएको छैन । उनीहरुको माग भनेको निःशर्त रूपमा उनीहरूलाई रिहा गरिनुपर्छ भन्ने हो । मिटरब्याज पीडितका आफ्नै वार्ताका कुरा छन् । यो सरकारले समयमा सम्बोधन नगर्दा अरु पनि थप दुर्घटना हुन सक्छन् । यो विषयमा सरकारले समयमा नै ध्यान दिएर वार्ता अघि बढाओस्,’ सांसद घिमिरेले भनिन् ।

उनले मिटरब्याजपीडितका माग समयमै सम्बोधन नगर्दा थप दुर्घटना हुनेतर्फ सरकारले सोच्न आवश्यक रहेको बताइन् ।

सम्बन्धित् समाचार