गृहपृष्ठ Featured बर्दियामा आगलागीमा परि एक जनाको मृत्यु

बर्दियामा आगलागीमा परि एक जनाको मृत्यु

बर्दिया ।

बर्दियाको भुरीगाउँ गुलरिया हुलाकी सडकखण्डमा पर्ने ठाकुरबाबा नगरपालिका ४ मैनवारमा गएराति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ ।

आगलागी हुँदा गोठभित्र रहेका पशुचौपाया निकाल्ने क्रममा ५८ वर्षिय लक्षिराम जैशीको गोठभित्रै आगोमा जलेर ज्यान गएको मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।

गोठमा भएको आगलागी निभाउने क्रममा उहाँको शव पूर्ण रुपमा जलेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित् समाचार