गृहपृष्ठ Featured सन्धिखर्कमा कुकुरको स्थायी बन्ध्याकरण शिविर शुरु

सन्धिखर्कमा कुकुरको स्थायी बन्ध्याकरण शिविर शुरु

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका छाडा तथा घरपालुवा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिज खाेप अभियान शिविर शुरु गरेको छ ।

बिहान, बेलुकाको समयमा आवतजावत गर्दा मानिसलाई कुकुरले टोक्ने तथा बिहान विद्यालय तथा कलेजमा जाने विद्यार्थीलाई टोक्ने, लखेट्ने समस्या बढ्न थालेपछि नगरले कुकुर नियन्त्रण अभियान थालेको हो । सन्धिखर्कमा रहेका घरपालुवा तथा छाडा कुकुर गरी झन्डै दुई सय ५० कुकुरको स्थायी बन्ध्याकरण गर्न चार दिने शिविरको आयोजना गरेको सन्धिखर्कका मेयर कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

कुकुरले टोकेपछि रेबिज रोग लाग्न सक्ने जोखिमलाई ध्यानमा राखेर कुकुरको स्थायी बन्ध्याकरण र खाेप अभियान शिविर राखेको उहाँको भनाइ छ । सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोग, वातावरण तथा सामाजिक रूपान्तरणका लागि युवा सिद्धार्थ नगर रुपन्देहीको प्राविधिक सहयोगमा बन्ध्याकरण शिविर आयोजना गरिएको हो ।

यो अभियानले सन् २०३० भित्र नेपालमा रेबिज रोगको अन्त्य गर्न पनि सहयोग पुग्ने पायनर्स एनिमल हस्पिटल बुटवलका प्रमुख डाक्टर अविनाश क्षेत्रीले बताउनुभयो ।

सम्बन्धित् समाचार