गृहपृष्ठ Featured विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै नेविसंघ कपिलवस्तुको पदाधिकारी बैठक सम्पन्न

विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै नेविसंघ कपिलवस्तुको पदाधिकारी बैठक सम्पन्न

वैखरी अनलाईन, बाणगंगा ।

नेपाल बिधार्थी संघ जिल्ला कार्यसमिति कपिलवस्तुको कपिलवस्तुको पदाधिकारी बैठक सम्पन्न भएको छ । आईतबार बाणगंगामा बसेको उक्त बैठक विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको हो ।

उक्त बैठकमा प्रमुख अतिथि नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सचिव शक्ति सिंह ठकुरी, विशिष्ट अतिथि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि दोकलराम घिमिरे, नेविसंघका केन्द्रिय सदस्य तिलकराम पाण्डे, नेविसंघ कपिलवस्तुका पुर्वजिल्ला अध्यक्ष युवराज केसि लगायतले सम्बोधन गर्नुभएको थियो ।

नेविसंघ जिल्ला अध्यक्ष चन्द्रकान्त पोख्रेलको अध्यक्षतमा सम्पन्न उक्त बैठकको संचालन सोना पाण्डेले गर्नुभएको थियो । उपाध्यक्ष मीन थापाले स्वागत मन्तव्य राख्नुभएको उक्त बैठकमा उपाध्यक्ष आनन्द चौधरी, अमजद खाँन, सुमन खडका, प्रबिन बश्याल लगायतका पदाधिकारीहरुले आआफ्नो धारणा राख्नुभएको थियो ।

बैठकले नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाई बधाई ज्ञापन गर्दै विद्यार्थी समक्ष नेविसंघ अझ शशक्त भएर बिद्यार्थीका मुद्दालाई उठान गर्ने समेत निर्णय गरेको अध्यक्ष चन्द्रकान्त पोख्रेलले जानकारी दिनुभयो ।

यस्ता छन् बैठकले गरेका निर्णयहरु
१) चैत्र १० गते गोरुसिङ्गेमा कपिलवस्तुमा नेविसंघका तर्फबाट स्ववियु चुनाबमा बिजेता, उपबिजेताहरुसंग अन्तरक्रिया तथा सम्मान कार्यक्रम गर्ने ।
२) नेविसंघ कपिलवस्तुको बर्तमान कार्यसमितिको पदस्थापन तथा सम्मान र सपथग्रहण कार्यक्रम चैत्र २४ गते तौलिहवा पार्टी कार्यालयमा गर्ने ।
३) बैशाख दोश्रो हप्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने ।
४) जल्दाँबल्दाँ समस्याहरुलाई सम्बन्धित निकायहरुमा नेविसंघका तर्फबाट ध्यानाकर्षण गराउने ।
५) बैशाख दोश्रो हप्ताबाट जिल्लाका मावि विद्यालयहरुमा नेविसंघको सदस्यता बितरण अभियान संचालन गर्ने, आदि ।

सम्बन्धित् समाचार