गृहपृष्ठ Featured यस्तो छ पहिलोपटक मन्त्री बनेका कपिलवस्तुका अधिकारीको ‘बायोडाटा’

यस्तो छ पहिलोपटक मन्त्री बनेका कपिलवस्तुका अधिकारीको ‘बायोडाटा’

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अप्रत्याशित रूपमा गत फागुन २१ गते नेपाली कांग्रेससँग गठबन्धन तोड्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन सरकार बनाएका छन् ।

एमाले रास्वपासँगको गठबन्धनमा एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री, पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री, दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र राजेन्द्र राईले खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् ।

जसमध्ये २०३३ सालदेखि विद्यार्थी राजनीतिमा लागेका नेकपा एमालेका नेता बलराम अधिकारी २०७० सालमा संविधान सभा सदस्यमा र २०७९ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

२०१७ सालमा कपिलवस्तुमा जन्मिएका अधिकारीले आई.ए तहको अध्ययन गरेका छन् । उनी पहिलोपटक मन्त्री पदमा नियुक्त भएका हुन ।

उनले विभिन्न ७ वटा देशको भ्रमण गरेका छन् ।

सम्बन्धित् समाचार