सागर वि.क., वैखरी अनलाईन ।
साहित्यकार ऋषिकेशव भारद्धाजको ‘बालज्ञान−दिपिका’ पुस्तक विमोचन गरिएको छ । शनिबार एक विशेष कार्यक्रमकाबीच उक्त पुस्तकको विमोचन गरिएको हो । कपिलवस्तुको बाणगंगा नगरपालिका- ८ चप्परगाउँ स्थायी ठेगाना भएका साहित्यकार भारद्धाजको वास्तविक नाम ऋषिराम कँडेल हो ।
उनले यसभन्दा अघि मनको तरङ्ग कविता संग्रह २०६३ (दोस्रो संस्करण २०६६), बाणगंगा खण्डकाव्य २०६७ (दोस्रो संस्करण २०७५), छन्द–परिचय २०७५, धाम–परिचय २०७७ लगायतका कृतिहरु प्रकाशित गरिसकेका छन् भने बालज्ञान−दिपिका द्धितीय भाग र विष्णु महाकाव्य उनका प्रकाशोत्मुख कृषिहरु हुन् ।

उनले मनकामना संस्कृत विद्यापिठ बाणगंगा कपिलवस्तुबाट “मनकामना गौरब” साहित्य सम्मान २०६८, छन्दवादी समाज कपिलवस्तु शाखाबाट “छन्द प्रतिभा” साहित्य पुरस्कार २०६८, छन्दवादी समाज नेपालबाट “छन्द योगदान” साहित्य सम्मान २०६८, मानसखण्ड फाउण्डेसन महेन्द्रनगर कञ्चनपुरबाट “मानस खण्ड छन्द प्रतिभा साहित्य सम्मान” २०७४, अन्तर्राष्ट्रिय क्राान्ति मेरठ उत्तर प्रदेश भारतबाट “साहित्य श्री सम्मान” २०१८, नेपाल भारत साहित्य महोत्सव विराटनगरबाट “साहित्य साधना सम्मान” २०७९ लगायत एक दर्जन बढी महत्वपूर्ण सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन् ।
यस पुस्तकको प्रकाशकको रुपमा बालज्योति ईङ्गलिस बोर्डिङ स्कुल गजेहडा रहेको छ ।








