गृहपृष्ठ Featured लुम्बिनीमा एकैदिन १२ सय जना श्रामणेर

लुम्बिनीमा एकैदिन १२ सय जना श्रामणेर

लुम्बिनी । 

बुद्ध दर्शनलाई व्यवहारमा अनुशरण गराउन शनिबार एकैदिन लुम्बिनीस्थित मायादेवी मन्दिरमा साढे १२ जनालाई प्रव्रज्या प्रदान गरिएको छ । मुलुकका विभिन्न जिल्लाबाट आएर बुद्ध धर्म अनुशरण गरेका १ हजार २ सय ५० विभिन्न उमेर समुहका व्यक्तिलाई प्रव्रज्या प्रदान गरिएको हो । प्रव्रज्या ग्रहण गरेपछि उनीहरु अब श्रामणेर अर्थात् अल्पकालीन भिक्षु बनेका छन् ।

प्रव्रज्या कार्यक्रमका संयोजक भिक्षु प्रज्ञामूर्तिले यसरी प्रवज्जित श्रामणेर बनेका व्यक्तिलाई भिक्षाटनको महत्व बुझाउन १० किलोमिटर धम्म यात्रामा सहभागी गराइने बनाए ।

उनका अनुसार शनिबार साँझ सबै श्रामणेर र यहाँ आएका स्वदेशी तथा विदेशी विशिष्ट पाहुनाको सहभागितामा मायादेवी मन्दिरमा दीप प्रज्वलनको कार्यक्रम रहेको छ ।

सम्बन्धित् समाचार