गृहपृष्ठ Featured देवदहसँग बुटवल राइनोज पराजित

देवदहसँग बुटवल राइनोज पराजित

तिलोत्तमा । 

भैरहवामा आइतबारदेखि सुरु सुपर लिगको पहिलो खेलमा देवदह क्रिकेट क्लब विजयी भएको छ ।

रुपन्देही क्रिकेट संघको आयोजनामा दुई दशक अघिदेखि वर्षेनि हुँदै आएको सुपर लिग अन्तर्गत सिद्धार्थ रंगशालामा भएको खेलमा देवदह क्रिकेट क्लबले बुटवल राइनोजलाई २ विकेटले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ गरेको बुटवल राइनोजले ४० ओभरको खेलमा २० ओभर ५ बलमा सबै विकेट गुमाउँदै ९५ रनको सामान्य योगफल खडा गर्‍यो। उसका लागि सुमन सुनारले २९, सलउद्दिन खानले १६ र शिव कुंवरले अविजित १५ रन जोडे । अन्य ब्याटसम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

राइनोजलाई सस्तैमा रोक्न बलिङमा देबदहका सुरज खड्काले ६ दशमलब ५ बलमा २ मेर्डन राख्दै १७ रन खर्चेर ५ विकेट लिए । यस्तै, अर्जुन रायमाझीले ३ तथा शिव ज्ञवालीले २ विकेट लिए । जवाफी ब्याटिङ गरेको देवदहले ३३ ओभरमा ८ विकेट गुमाउँदै १ सय १ रन बनाई जित निकाल्यो ।

सम्बन्धित् समाचार