गृहपृष्ठ Featured एमाले बुटवलद्धारा भ्रष्टाचारविरोधी अभियान सुरु

एमाले बुटवलद्धारा भ्रष्टाचारविरोधी अभियान सुरु

रुपन्देही ।

नेकपा एमाले बुटवल उपमहानगर कमिटीले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न अभियान थालेको छ । पहिलो चरणमा विभिन्न सरकारी निकाय र सेवा प्रवाह गर्ने संस्थाहरुमा सुशासन कायम गर्नका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको एमालेले दोस्रो चरणमा बुटवलमा रहेका ३०० संघसंस्थालाई लक्षित गर्दै प्रशिक्षण दिएको हो ।

संघसस्थामा नेतृत्व गर्ने नेता कार्यकर्तालाई पार्टी र संघसस्थाबीचको अन्तरसम्वन्ध, सुशासन कायम गर्ने तरिका र नेतृत्वमा हुनुपर्ने गुणलगायतका विषयमा प्रशिक्षित गर्दै अभियान थालिएको एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए ।

वित्तीय अनुशासन कसरी कायम गर्ने, भ्रष्टाचार नियन्त्रणमा संघसंस्थाहरुले कसरी प्रभावकारी काम गर्ने लगायतका विषयमा संघसंस्थाका पदाधिकारीलाई लक्षित गर्दै प्रशिशिक्षत गरिएको ज्ञवालीले बताए ।

सम्बन्धित् समाचार