गृहपृष्ठ कपिलवस्तु बिशेष सुस्मिता हत्या काण्ड : न्यायका लागी संघर्ष समिति गठन

सुस्मिता हत्या काण्ड : न्यायका लागी संघर्ष समिति गठन

सागर वि.क., वैखरी अनलाईन ।

सुस्मिता हत्या काण्डमा संलग्न २ जना दुर्गा थापा कार्की र अरुण कार्की रिहा भएपछि संघर्ष समिति गठन भएको छ । सुस्मिताको न्यायका लागी अम्बिका पौडेलको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति गठन गरिएको हो ।

जसको सहसंयोजकमा ईन्दिरा पन्त, सदस्य सचिवमा जमुना सापकोटा रहेका छन् भने सदस्यहरुमा गिता भुसाल, सुसिला गैरे, मिना पौडेल, नारायण पौडेल, खिमानन्द पौडेल, विष्णु पोख्रेल, मिना श्रेष्ठ र गिता पौडेल रहेका छन् । उक्त हत्यामा संलग्न दुर्गा अस्मिताकी जेठी नन्द हुन् भने अरुण ज्वाई हुन् । हत्याको करिब साँढे २ वर्षपछि जिल्ला अदालत मकवानपुरले हत्यामा संलग्न दुर्गा र अरुणसहित ससुरा प्रकाश थापा र कान्छी नन्द सीता थापा गरि चार अभियुक्तलाई जन्मकैदको फैसला गरेको थियो ।

जिल्ला अदालतले कसुरदार ठहर गरी जनही २५ वर्षको कैद हुने फैसला गरे पनि उच्च अदालत हेटौंडालेले दुर्गा थापा कार्की र अरुण कार्कीलाई रिहाको फैसला गरेको छ ।

सुस्मिताकी आमा गंगा केसीले आफुहरुको अथक प्रयास र निरन्तरताले गर्दा पाँच जना हत्यामा संलग्नलाई सजाय दिलाउन सफल भएकोे स्मरण गर्दै भनिन्, ‘मैले केही दिन पनि आनन्दको श्वास फेर्न नपाउँदै फेरी २ जना (दुर्गा थापा कार्की र अरुण कार्की) जो योजना बनाउने षणयन्त्रकारी हुन् । उनीहरु अहिले खुला आकामुनि खुलेआम हिडिरहेका छन् । एक दिन पनि निन्द्रा राम्रोसंग लागेको छैन् ।’

उनले आफुमाथि अन्याय भएकोे बताईन् । ‘यो देशमा न्यान भन्दै हिडेको ४ बर्ष पुग्यो । फेरी अहिले एकदमै अन्यायमा परेको महसुस गरेकी छु । जिल्ला अदालतले २५ बर्ष सदर गरेको कैद सजाय उच्च अदालतले सफाई दिएको छ । त्यो हामीले कसरी सह्ने ?,’ उनले भनिन् ।

आफुलाई एक दिन पनि निन्द्रा राम्रोसंग नलागेको उनले सुनाईन् । उनले सडक संघर्षमा नगई न्याय पाउनै नसकिने बताउँदै सबैलाई संघर्षमा सरिक हुन आह्वान समेत गरिन् । उनले अदालतीय पक्रिया र फैसलामा सत्ता र पैसाको चलखेल हुने समेत आरोप लगाईन् गरिन् ।

उक्त संघर्ष समिति गठन तथा पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझि, मानव अधिकारकर्मी दिना सुवेदी कमाल, पत्रकार मोहन बेल्बासे लगायतले सुस्मितको न्यायका लागी सबै एकजुट हुन आवश्यक रहेको बताए । समग्र कपिलवस्तुकी चेली सुस्मिताको हत्यामा संलग्न २ जनालाई सफाई दिनुले पिडित परिवारमाथि ठूलो चोट पुगेको उनीहरुको निष्कर्ष थियो ।
कपिलवस्तुको बाणगंगा नगरपालिका ८ बोडगाउँ माईती भएकी सुस्मिताको हेटौँडा उपमहानगरपालिका– ४ स्थित घरमा २०७७ साल असार ३ गते विभत्स हत्या भएको थियो ।
हत्याको करिब साँढे २ वर्षपछि जिल्ला अदालत मकवानपुरले हत्यामा संलग्न चार अभियुक्तलाई जन्मकैदको र सासु तुलसा थापालाई हत्याको मतियार ठहर गरी १० वर्षको जेल सजाय तोकेको थियो । सुस्मिता र हेटौंडा– ४ का रुपेन्द्र थापाबीच १८ वैशाख ०७६ मा विवाह भएको थियो । पाँच महिनापछि २३ असोज ०७६ मा थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।

दुर्घटनामा मृत्यु भएका पतिको नाममा रहेको बिमा रकम सुस्मिताबाट परिवारका सदस्यले उनको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । ससुराले सुस्मिताको हत्यालाई आत्महत्या देखाउने प्रयास गरेका थिए ।

छोरीको हत्या गरिएको भन्दै सुस्मिताको बुवा कृष्णबहादुर केसीले २९ असार ०७७ मा पाँचै जना विरुद्ध मुद्दा दर्ता गराएका थिए ।

सम्बन्धित् समाचार