गृहपृष्ठ कपिलवस्तु बिशेष मिर्गौलाका बिरामी कपिलवस्तुबाट बुटवल जानुपर्ने बाध्यताको अन्त्य !

मिर्गौलाका बिरामी कपिलवस्तुबाट बुटवल जानुपर्ने बाध्यताको अन्त्य !

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु सामुदायिक डायलाईसिस सेन्टरबाट मिर्गौलाका बिरामीहरुको डायलाइसिस सेवा सुरु भएको छ । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले कपिलबस्तु जेसीस, रोटरी क्लवअफ सेन्टल बुटवल र रोटरी क्लवअफ सेन्टल कपिलबस्तुको सहकार्यमा उक्त डायलाइसिस सेन्टर बाणगंगा नगरपालिका- १ बैरियामा सञ्चालनमा ल्याएको हो । सोमबार ४ जना बिरामीको उपचार गरि डायलाइसिस सेवा सुरु भएको हो ।

यससंगै बाणगंगा नगरपालिकामै डायलाइसिस हुन थालेपछि मिर्गौलाका बिरामीहरु कपिलवस्तुबाट बुटवल आउनुपर्ने बाध्यता अन्त्य भएको छ । यस अघि त्यस क्षेत्रका बिरामीहरु बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र लुम्विनी प्रादेशिक अस्पतालमा आउन बाध्य थिए । कपिलबस्तुमा सामुदायिक डायलाइसिस सेन्टर स्थापना सुरू भएपछि अर्घाखाँचीका समेत बिरामीहरुलाई सहज हुने लुम्विनी प्रदेशसभा सदस्य एवं लुम्विनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री बिष्णु पन्थीले बताए ।

मिर्गौलाका बिरामीहरु लामो यात्रा गरेर बुटवल आउन बाध्य भएपछि त्यसलाई कम गर्न कपिलबस्तुमै डायलाइसिस सेन्टर सञ्चालनमा ल्याईएको गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले बताए।

उक्त डायलाइसिस सेन्टरमा अस्पतालले १० वटा मेशिन जडान भएका छन् । गतबर्ष नै डायलाइसिस मेसिन जडान गरेको भएपनि स्वास्थ्य सेवा विभागमा सूचिकृत नहुँदा निस्शुल्क सेवा संचालन हुन सकेको थिएन् ।

सरकारले स्वास्थ्य सेवा विभागमा सूचीकृत भएका सरकारी, सामुदायिक तथा कतिपय निजी अस्पताल र मेडिकल कलेजहरूलाई एकजना बिरामीको एकपटक डायलाइसिस गराएको दुईजार ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । त्यस बाहेक डायलाइसिसका बिरामीहरूलाई हरेक महिना ५ हजार रूपैयाँ दिने गरेको छ ।

सम्बन्धित् समाचार