गृहपृष्ठ Featured बाँकेमा घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बाँकेमा घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं ।

घुस रकमसहित पक्राउ परेका सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँके सब डिभिजन वन कार्यालय राँझामा कार्यरत  सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारको टोलीले वन अधिकृत नारायणलाई ७ हजार घुससहित नियन्त्रणमा लिएको थियो। सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएकाले उनीविरुद्ध आज आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता नरहरि  घिमिरेले जानकारी दिए।

उनीविरुद्ध काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग  गरिरहेको उजुरी परेको थियो।

उनीविरुद्ध भ्रष्टाचारण निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ७ हजार विगो कायम गरी सोही  ऐनको दफा ३ को उपदफा (१ ) को देहाय (क) बमोजिम कैद सजाय माग दावी गरी मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।

सम्बन्धित् समाचार