काठमाडौं ।
नेपाल एकपटक फेरि फाइनलमा चुकेको छ। हङकङमा भएको फाइनलमा पीएनजीले नेपाललाई ८६ रनले हराउँदै उपाधि जितेको हो। १७२ रनको विजय लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रनमै अलआउट भयो।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन बनाए। त्यस्तै आरिफ शेख १५ र रोहित पौडेलले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
यसअघि टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ओभरको खेलमा ८ विकेटको क्षतिमा १७१ रन बनाएको थियो।
पीएनजीका लागि टोनी उराले सर्वाधिक ६१ रन बनाए। उनले ३७ बलमा ४ छक्का र ५ चौका प्रहार गरे। त्यसैगरी हिरि हिरीले १५ रन, हिला भारेले १८ रन, किप्लिन डोरिगाले १४ रन, चाड सोपरले १३ रन बनाए। अलेई नाओले ३० रन बनाएर अविजित रहे।








