गृहपृष्ठ Featured तीन प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

तीन प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ ।

तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा तीन प्रदेश प्रमुखले राष्ट्रपति रामचन्द्र पौडेलबाट  शपथ ग्रहण गरेका हुन् ।

मधेसका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाँले शपथ लिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।

Scan_20240313 (3)

यसअघि बुधबार राष्ट्रपति पौडेलले मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गरेका थिए ।

सम्बन्धित् समाचार