गृहपृष्ठ Featured चैत ४ गतेका लागि तोकिएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित

चैत ४ गतेका लागि तोकिएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित

देउखुरी । 

लुम्बिनी प्रदेशसभाको यही चैत ४ गतेका लागि तोकिएको तेस्रो अधिवेशन स्थगित भएको छ ।

केन्द्रमा राजनीतिक समीकरण बदलिएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित गरिएको हो । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोषकुमार पाण्डेयले केन्द्रमा सरकार र समीकरण परिवर्तनलगायत कारण बैठक स्थगित गरिएको बताए । उनले तत्काल सदनमा बिजनेस पनि नभएको बताए ।

लुम्बिनीमा सत्ता साझेदार दल माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री डिल्लीबहादुर चौधरी अहिले अल्पमतमा छन् । फागुन २८ र २९ गते हुने लुम्बिनीमा हुने भनिएको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन’ फागुन २२ गतेको मन्त्रिपरिषद् बैठकबाट स्थगित गरेका मुख्यमन्त्री चौधरीले केन्द्रमा सत्ता फेरबदलपछि प्रदेशसभा बैठक पनि स्थगित रहेका हुन् ।

यसअघि फागुन १८, १९ र २० गते तीन दिन बैठक बसेको थियो । लुम्बिनी प्रदेशसभा बैठकलाई १९ गते प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गरेका थिए ।

सम्बन्धित् समाचार