काठमाडौं ।
भारतको लोकसभा चुनावको मिति घोषणा भएको छ। केन्द्रीय चुनाव आयोगले १८औं लोकसभाको चुनाव १९ अप्रिलदेखि १ जुनसम्म गर्ने घोषणा गरेको हो।
त्यस्तै दोस्रो चरणमा २६ अप्रिलमा १३ राज्यका ८९ सिटका लागि हुनेछ। जसमा असम, बिहार, छत्तीसगढ़, कर्नाटक, केरल, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, राजस्थान, त्रिपुरा, उत्तर प्रदेश, पश्चिम बंगाल र जम्मू कश्मीर रहेका छन्।
त्यस्तै चौथो चरणमा १३ मेमा १० राज्यका ९६ सिटका लागि चुनाव हुनेछ। जसमा आन्ध्र प्रदेश, बिहार, झारखण्ड, मध्यप्रदेश, महाराष्ट्र, ओडिशा, तेलंगाना, उत्तर प्रदेश, पश्चिम बंगाल र जम्मू कश्मीर रहेका छन।
त्यस्तै पाँचौं चरणमा २० मेमा ८ राज्यका ४९ सिटका लागि चुनाव हुनेछ। जसमा छत्तीसगढ, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रेदश, पश्चिम बंगाल, जम्मू कश्मीर र लद्दाख रहेका छन्।
त्यस्तै छैटौं चरणमा २५ मेमा ७ राज्यका ५७ सिटमा चुनाव हुनेछ। जसमा बिहार, हरियाणा, झारखण्ड, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल र दिल्ली रहेका छन्।
त्यस्तै सातौं चरणमा १ जुनमा ८ राज्यका ५७ सिटमा चुनाव हुनेछ। जसमा बिहार, हिमाचल प्रदेश, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल र चण्डीगढ रहेका छन्।