गृहपृष्ठ Featured ‘पुरुष सशक्तीकरणका लागि’ बाउ समूह !

‘पुरुष सशक्तीकरणका लागि’ बाउ समूह !

विराटनगर ।

मोरङको विराटनगरमा बाउ समूह सक्रिय भएको छ । समस्यामा परेका बाउहरूको अधिकार सुनिश्चित गर्न समूहले काम थालेको हो ।

बाउ समूह २०७८ सालमा स्थापना भएको थियो । समूहले अधिकारबाट वञ्चित पुरुषहरूको पक्षमा काम गर्ने जनाएको छ ।

महिलाबाट पुरुषहरू पीडित हुन थालेपछि उनीहरूको अधिकार रक्षा गर्न बाउ समूह सक्रिय भएको समूहका अध्यक्ष सूर्यकिरण घिमिरेले बताए ।

उनले आमा समूहले जस्तै बाउ समूह बनाइएको र यसले पुरुषहरूको सशक्तीकरण र अधिकार रक्षाको लागि काम गर्ने बताए ।

सम्बन्धित् समाचार