गृहपृष्ठ Featured दाङमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु

दाङमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु

दाङ ।

दाङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा बबई गाउँपालिका–१ का जितबहादुर बुढा रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

गङ्गटेबाट तुलसीपुरतर्फ गुडिरहेको जीप आज बिहान भाङाबारी नजिकै उकालोमा पछाडितर्फ गुडेर पल्टिएको हो ।

दुर्घटनामा सात जना घाइते भएका छन् ।

सम्बन्धित् समाचार